श्री चण्डीडाँडा माध्यमिक विद्यालय
स्याङ्जा र कास्की जिल्ला को दोसाँध फेदीखोला गाउँपालिका वडा नं. १ मट्टीखानमा अवस्थित श्री चण्डीडाँडा माध्यमिक पोखरा महानगरबाट दक्षिण–पश्चिम स्थित करिब १५ कि.मि. पश्चिममा सिद्धार्थ राजमार्गको कुविन्डे देखि पूर्वतर्फ करिब ७ कि.मि. को दूरी तथा फुस्रेखोला रामदीको उकालो हुदै करिब ९ कि.मि. को दूरीमा रहेको छ । समुन्द्र सतहदेखि १५२५ मि. को उचाइमा अवस्थित पर्यटकीय गाउँ मट्टिखानको काखमा रहेको यस संस्थाबाट विभिन्न हिमश्रृङ्खलाहरु दृश्यावलोकन गर्न सकिन्छ ।
हाल २६ रोपनी क्षेत्रफलको हरियाली दृष्यमा लुकामारी खेलेको अनुभूति हुने यो संस्थाले कहिले चौतारी, कहिले पायक पर्ने घरआँगन त कहिले खुला चौर हुदै स्याउलाको सामान्य झुप्रोबाट आफ्नो शैक्षिक इतिहास थालनी गरेको थियो । आज यो विद्यालय आकर्षक भवन एवं अन्य विविध शैक्षिक सुविधाहरु सहित व्यवस्थित छ। विद्यालय संस्थापकहरुको इच्छा र भावनालाई हृदयङ्गम गर्दै यस गाउँ र ठाउँका समाजसेवी एवं शिक्षाप्रेमी महानुभावहरुको न्यानो माया र ममता को छहारीमा अनेकन आरोह अवरोह पार गर्दै विद्यमान अवस्थासम्म आइपुगेको छ ।
विद्यालयको भौगोलिक तथा सामाजिक विशेषता

समुन्द्र सतहदेखि १५२५ मि. को उचाइमा अवस्थित पर्यटकीय गाउँ मट्टिखानको काखमा रहेको यस संस्थाबाट विभिन्न हिमश्रृङ्खलाहरु दृश्यावलोकन गर्न सकिन्छ । हाल २६ रोपनी क्षेत्रफलको हरियाली दृष्यमा लुकामारी खेलेको अनुभूति हुने यो संस्थाले कहिले चौतारी, कहिले पायक पर्ने घरआँगन त कहिले खुला चौर हुदै स्याउलाको सामान्य झुप्रोबाट आफ्नो शैक्षिक इतिहास थालनी गरेको थियो । आज यो विद्यालय आकर्षक भवन एवं अन्य विविध शैक्षिक सुविधाहरु सहित व्यवस्थित छ।
यस विद्यालय सेवाक्षेत्र अन्तर्गत सााविक फेदीखोला गा.वि.स.का वडा नं. ३,४,५,६,८ तथा हाल फेदीखोला गा.पा. वडा नं. १ र साविक कृस्ति नाच्ने चौर गा.वि.स. वडा नं. ८ र ९ हाल पो.म.न.पा. २१ का बालबालिकाहरु यस विद्यालयमा अध्ययन गर्छन् । साथै यस विद्यालय सेवा क्षेत्रबाट विद्यार्थीहरु विद्यालय सम्म आउन ५ मिनेट देखि एक घण्टा सम्म पैदल हिडाई बाट आउने गर्दछन् । यस विद्यालयमा शैक्षिक सत्र- २०८१मा अध्ययन गर्ने कुल विद्यार्थी मध्ये ४५% विद्यार्थी पोखरा महानगरपालिका-२१ बाट रहेका छन्।
स्थापना
वि.सं. २०१५ साल असोज ७ गते
निम्न माध्यमिक
वि.सं. २०३५
माध्यमिक, वि.सं
वि.सं. २०५४
ई.सी.डी. तह
वि.सं. २०५८
कक्षा ११/१२ को पढाइ
वि.सं. २०६७
५०औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव)
वि.सं. २०६५
६०औँ वार्षिकोत्सव (हीरक महोत्सव)
वि.सं. २०७५



Connect, Engage, and Grow on फेसबुक
Stay connected and up-to-date with the latest news, updates, & conversations by joining us on Facebook. Be part of our growing community and engage with us anytime, anywhere!
Follow our page to stay informed, access exclusive content, and connect with like-minded individuals. Join the conversation today!


श्री चण्डीडाँडा माध्यमिक विद्यालय, फेदिखोला १, मट्टीखान स्याङ्जा
+977-9856080320
chandidanda1@gmail.com
© Shree Chandidanda Secondary School.
Designed & Developed By MarginTop Solutions