श्री चण्डीडाँडा माध्यमिक विद्यालय
स्याङ्जा र कास्की जिल्ला को दोसाँध फेदीखोला गाउँपालिका वडा नं. १ मट्टीखानमा अवस्थित श्री चण्डीडाँडा माध्यमिक पोखरा महानगरबाट दक्षिण–पश्चिम स्थित करिब १५ कि.मि. पश्चिममा सिद्धार्थ राजमार्गको कुविन्डे देखि पूर्वतर्फ करिब ७ कि.मि. को दूरी तथा फुस्रेखोला रामदीको उकालो हुदै करिब ९ कि.मि. को दूरीमा रहेको छ । समुन्द्र सतहदेखि १५२५ मि. को उचाइमा अवस्थित पर्यटकीय गाउँ मट्टिखानको काखमा रहेको यस संस्थाबाट विभिन्न हिमश्रृङ्खलाहरु दृश्यावलोकन गर्न सकिन्छ ।
हाल २६ रोपनी क्षेत्रफलको हरियाली दृष्यमा लुकामारी खेलेको अनुभूति हुने यो संस्थाले कहिले चौतारी, कहिले पायक पर्ने घरआँगन त कहिले खुला चौर हुदै स्याउलाको सामान्य झुप्रोबाट आफ्नो शैक्षिक इतिहास थालनी गरेको थियो । आज यो विद्यालय आकर्षक भवन एवं अन्य विविध शैक्षिक सुविधाहरु सहित व्यवस्थित छ। विद्यालय संस्थापकहरुको इच्छा र भावनालाई हृदयङ्गम गर्दै यस गाउँ र ठाउँका समाजसेवी एवं शिक्षाप्रेमी महानुभावहरुको न्यानो माया र ममता को छहारीमा अनेकन आरोह अवरोह पार गर्दै विद्यमान अवस्थासम्म आइपुगेको छ ।


Our school is equipped with well-maintained science laboratories for students. These labs provide students with hands-on learning experiences, helping them understand scientific concepts through experiments and practical applications.

Our library contains a diverse collection of books, including textbooks, reference materials, literature, and newspapers. It serves as a quiet space for students to enhance their knowledge and develop a reading habit.

Class 11 / 12
Secondary School
Primary Level

The school has a computer lab with internet access to help students gain essential digital skills. We provide basic computer education, coding lessons, and IT workshops to prepare students for the digital world.

We encourage students to participate in extracurricular activities such as sports, music, dance, and debate competitions. These activities help develop teamwork, leadership, and creativity among students, ensuring their holistic growth.


नेपालमा राणा शासनको अन्त्य सगँसगै प्रजातन्त्रको उदय पछि देशव्यापी रुपमा शिक्षालयहरु खुल्ने क्रममा शिक्षार्थीहरुलाई शिक्षा उपलब्ध हुने वातावराण मिलाईदिन हाम्रो परम कर्तव्य हो भन्ने चिन्तन लिई शिक्षाप्रेमीहरु क्रमशः स्व.केदार बहादुर गुरुङ, स्व.कर्ण बहादुर गुरुङ, स्व.जोख बहादुर गुरुङ, स्व.वखत बहादुर गुरुङ, स्व.बल बहादुर गुरुङ र स्व.डिल्लीराम पाध्याको योगदानका कारण वि.सं. २०१५/१०/०७ गते देखि नियमित रुपमा श्री चण्डीडाँडा प्रा.वि. मट्टिखानको नाममा स्थापित भई सञ्चालन हुदै आएकोमा यस विद्यालय वि.सं.२०३५/०७/१६ मा निम्न माध्यमिक, वि.सं. २०५४/०१/३० मा माध्यमिक तह, २०५८/०५/१५ मा ई.सी.डी. तह र २०६७/०४/१३ मा कक्षा (११/१२) का कक्षाहरु सञ्चालन भई निरन्तर रुपमा अध्ययन अध्यापन कार्य हुदै आई रहेको छ ।
Connect, Engage, and Grow on फेसबुक
Stay connected and up-to-date with the latest news, updates, & conversations by joining us on Facebook. Be part of our growing community and engage with us anytime, anywhere!
Follow our page to stay informed, access exclusive content, and connect with like-minded individuals. Join the conversation today!


श्री चण्डीडाँडा माध्यमिक विद्यालय, फेदिखोला १, मट्टीखान स्याङ्जा
+977-9856080320
chandidanda1@gmail.com
© Shree Chandidanda Secondary School.
Designed & Developed By MarginTop Solutions